BIZMANDU
www.bizmandu.com

नासा सेक्युरिटीजले ल्यायो मार्जिन कर्जाका लागि थप दुई नयाँ योजना, सेवा शुल्क पनि घटायो

२०७९ माघ ३

नासा सेक्युरिटीजले ल्यायो मार्जिन कर्जाका लागि थप दुई  नयाँ योजना, सेवा शुल्क पनि घटायो
नासा सेक्युरिटीजले ल्यायो मार्जिन कर्जाका लागि थप दुई नयाँ योजना, सेवा शुल्क पनि घटायो


काठमाडौं।  नासा सेक्युरिटीजले मार्जिन कर्जाका थप दुई नयाँ योजनाहरू ल्याएको छ।

Tata
GBIME

थप गरिएको पहिलो योजना अर्न्तगत २५ लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार शुरु गर्न सक्नेछन्। 

यो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ। सेवा सुरु गरेबापत लगानीकर्तालाई २४ हजार ५५५ रुपैयाँ शुल्क लाग्नेछ।

कम्पनीका अनुसार दोस्रो योजना अन्तर्गत २५ लाखसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ। यसको शुल्क ४९ हजार ९५५ रुपैयाँ मात्र लाग्ने छ।

नासाले साबिकको योजनाअर्न्तगत १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ३० र ५८ दिने अवधिका शुल्क पनि घटाएको छ। 

शुल्क घटेपछि अब ३० दिने अवधिबापत सेवा शुल्क ९ हजार ५५५ रुपैयाँ लिनेछ। र ५८ दिने अवधिबापत १९ हजार ५५५ रुपैयाँ मात्र लाग्ने गरी संशोधन गरिएको छ।