BIZMANDU
www.bizmandu.com

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी गाभिदै, सेयर अनुपात समान हैसियत

२०७९ माघ २

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी गाभिदै, सेयर अनुपात समान हैसियत
प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी गाभिदै, सेयर अनुपात समान हैसियत


काठमाडौं। तीनवटा जीवनबीमा कम्पनीहरु बराबरी हैसियतमा गाभिने भएका छन्। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिने भएका हुन्। 

Tata
GBIME
Nepal Life

यसका लागि कम्पनीहरू बीच सैद्धान्तिक सहमति भएको छ। गाभ्ने-गाभिने प्रक्रियामा अघि बढेका कम्पनीहरुले आ-आफ्नो सबै सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए)को काम गरिसकेका छन्।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा आइतबार तीन कम्पनीबीच समान हैसियतमा गाभ्ने-गाभिने सम्बन्धि अन्तिम सम्झौता पनि भएको छ। 

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको १:१:१ सेयर अनुपात कायम गरिएको छ। 

मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण रहने छन्। 

मर्जरपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहने सहमति छ। कम्पनीको मर्जर लगायतका कामहरु नियमित गरी कर्मचारी, शाखाहरुको व्यवस्थापन गर्ने र एकीकृत कारोबार छिटो थाल्ने पनि सहमति भएको छ।