BIZMANDU
www.bizmandu.com

यती एयरलाइन्सको हिमालयन एभरेष्टमा बीमा, क्षति मूल्यांकन गर्न सिंगापुरबाट सर्भेयर आउँदै

२०७९ माघ १

यती एयरलाइन्सको हिमालयन एभरेष्टमा बीमा, क्षति मूल्यांकन गर्न सिंगापुरबाट सर्भेयर आउँदै
यती एयरलाइन्सको हिमालयन एभरेष्टमा बीमा, क्षति मूल्यांकन गर्न सिंगापुरबाट सर्भेयर आउँदै


काठमाडौं। यती एयरलाइन्सको दुर्घटना भएको जहाजको क्षति मूल्यांकन गर्न सर्भेयरलाई बोलाइएको छ। यतीले हिमालयन एभरेष्ट इन्स्योरेन्समा जहाजको बीमा गरेको छ।

Tata
GBIME
NLIC

बीमा कम्पनीले सिंगापुरबाट सर्भेयर बोलाएको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल गौतमले जानकारी दिए। उनले सार्वजनिक विदा भएकाले जहाजको बीमाको बारेमा यकिन गर्न नसकिएको जानकारी दिए।

कम्पनीले चालक दल र यात्रुको छुटाछुट्टै बीमा गरेको छ। चालक दलको प्रति व्यक्ति ४० हजार डलर बीमा गरिएको छ। यात्रुको भने २० हजार डलर गरिएको छ।

नेपालमा हवाई बीमा गर्दा रिइन्स्योरेन्सहरुले ०.५ प्रतिशत देखि साढे एक प्रतिशतसम्म जोखिम मोल्ने गरेका छन्। बाँकी विदेशी रिइन्स्योरेन्ससँग गर्ने नेपाल बीमा प्राधिकरणले जनाएको छ।