BIZMANDU
www.bizmandu.com

यती एयरलाइन्सको विमान दुर्घटना : एक शिशुसहित २९ जनाको शव भेटियो

२०७९ माघ १

यती एयरलाइन्सको विमान दुर्घटना : एक शिशुसहित २९ जनाको शव भेटियो
यती एयरलाइन्सको विमान दुर्घटना : एक शिशुसहित २९ जनाको शव भेटियो


काठमाडौं। यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा २९ जनाको मृत्यु भएको छ। 

Tata
GBIME

६८ जना यात्रु र ४ जना चालक दलका सदस्य विमानमा सवार थिए। नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म २९ जनाको मृत्यु भएको जानकारी दिएको छ। जसमा १० महिला, १८ जना पुरुष र एक जना शिशु छन्।

विमान बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखरा उडेको थियो। ५३ जना नेपाली र बाँकी विदेशीसहित ७२ जना सवार विमानले दुर्घटना अघि अवतरणका लागि विमानस्थलसँग अनुमति पनि लिएको थियो।

प्राधिकरणका अनुसार विमानले १० बजेर ५० मिनेटमा सेती खोंच क्षेत्रबाट विमानस्थल टावरसँग अन्तिमपटक सम्पर्क गरेको थियो। त्यसपछि दुर्घटना भएको देखिएको छ।