BIZMANDU
www.bizmandu.com

नियमित एजेन्डा पारित गर्दै सकियो एनआईसी एशिया बैंकको साधारण सभा

२०७९ पुष २९

नियमित एजेन्डा पारित गर्दै सकियो एनआईसी एशिया बैंकको साधारण सभा
नियमित एजेन्डा पारित गर्दै सकियो एनआईसी एशिया बैंकको साधारण सभा


काठमाडौं। एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न भएको छ। शुक्रबार भएको सभाले सर्वसाधारण समूहको तर्फबाट केशवप्रसाद लम्साललाई सञ्चालक नियुक्त गरेको छ।

Tata
GBIME
NLIC

यसबाहेक गत आर्थिक वर्षको सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन बारे छलफल गरी स्वीकृत गरेको हो।

यस्तै गत आवको वासलात, नाफा/नोक्सान तथा नगद प्रवाह विवरण लगायतका विवरणहरू उपर छलफल गरेको बैंकले जनाएको छ।

साथै बैंकको प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ।