BIZMANDU
www.bizmandu.com

काठमाडौंमा दुबईको कम्पनीले गैरकानूनी रुपमा घरजग्गा मेला गर्दै, राष्ट्र बैंक रोक्ने तयारीमा

२०७९ पुष २९

काठमाडौंमा दुबईको कम्पनीले गैरकानूनी रुपमा घरजग्गा मेला गर्दै, राष्ट्र बैंक रोक्ने तयारीमा
काठमाडौंमा दुबईको कम्पनीले गैरकानूनी रुपमा घरजग्गा मेला गर्दै, राष्ट्र बैंक रोक्ने तयारीमा

काठमाडौं। काठमाडौंमै दुबईका घरजग्गा बिक्रीसम्बन्धी मेला लाग्ने भएपछि राष्ट्र बैंक निर्मम रुपमा प्रस्तुत हुने भएको छ।

Tata
GBIME
Nepal Life

दुबईको द म्याक नामक कम्पनीले जनवरी २१-२२ तारिकमा काठमाडौंको सोल्टी होटलमा ‘दुबई प्रोपर्टी शो’ नामक कार्यक्रम गर्दैछ। तर, यो कानून विपरित हो।

नेपालमा बसोबास गर्ने कुनै पनि नेपाल नागरिकले विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न र विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्न पूर्ण बन्देज लगाइएको छ। पुँजीगत प्रकृतिका यस्ता कारोबारको प्रचार प्रसार समेत गर्न नपाइने कानूनी व्यवस्था छ। यसविपरित दुबईको कम्पनीले राष्ट्र बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेश पैसा लैजान पाइँदैन।

लक्जरी अपार्टमेन्ट, टाउन हाउस र भिल्ला उक्त मेलामा ५ प्रतिशत रकम दिएर बुकिङ खोल्ने भन्दै उक्त कम्पनीले आक्रामक रुपमा तयारी गरिरहेको छ।

उक्त कम्पनीले घर खरिद गर्नेलाई युएईको १० वर्षे गोल्डेन भिसादेखि बैंकिङ कर्जाको सुविधा दिने जनाएको छ। प्रोपर्टी बुकिङ मात्रै गरे दुईजनालाई ३ रात ४ दिन दुबई लैजाने उल्लेख गरेको छ।

राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ ले बन्चित गरेका कुनै पनि गतिविधि गर्न नपाइने बताए।

‘कानूनले के के गर्न पाइन्छ र राष्ट्र बैंकबाट स्वीकृति लिएकोबाहेक अन्य केही गर्न पाइँदैन। विदेशी मुद्रा सञ्चितिलाई संरक्षण गर्न कानून विपरितको काम राष्ट्र बैंकले रोक्छ। हामीले कुनै पनि संस्थालाई विदेशी विनियम नियमित गर्ने ऐनले रोकेका कार्यक्रम गर्न स्वीकृति दिएका छैनौं। राष्ट्र बैंकले त्यस्ता गतिविधिलाई रोक्छ,’ पौडेलले भने।

केही वर्षअघि पनि विभिन्न कम्पनीहरुले यस्ता प्रकारका गतिविधि हुँदै आएका थिए।