BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको ७५ हजार कित्ता सेयर बिक्रीमा, प्राथमिकता संस्थापक सेयरधनीलाई

२०७९ पुष २९

कुमारी बैंकको ७५ हजार कित्ता सेयर बिक्रीमा, प्राथमिकता संस्थापक सेयरधनीलाई
कुमारी बैंकको ७५ हजार कित्ता सेयर बिक्रीमा, प्राथमिकता संस्थापक सेयरधनीलाई

काठमाडौं। कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीका नाममा रहेको ७५ हजार कित्ता सेयर बिक्रीका लागि आह्‍वान गरेको हो।

Tata
GBIME

सेयर खरिदका लागि पहिलो प्राथामिकतामा संस्थापक सेयरधनीहरु नै छन्। खरिदमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ। 

तोकिएको समयभित्र बैकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा बैंकको प्रधान कार्यलयमा आइपुग्नेगरी निवेदन पेस गर्न आग्रह गरेको हो।  

म्यादभित्र संस्थापक सेयरधनीहरुले खरिद गर्न चाहेको कित्ता संख्या र आशय मूल्यसहित निवेदन बुझाउनु पर्नेछ। 

विद्यमान संस्थापकबाट आवेदन नआए सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले उल्लेख गरेको छ।