BIZMANDU
www.bizmandu.com

प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलेरेटर कार्यक्रम सुरु हुँदै

२०७९ पुष २८

प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलेरेटर कार्यक्रम सुरु हुँदै
प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलेरेटर कार्यक्रम सुरु हुँदै


काठमाडौं । प्रदेश एकमा कृषिमा आधारित उद्यमहरूलाई लक्षित गर्दै पाँच महिने एक्सिलेरेटर कार्यक्रम हुने भएको छ। यो कार्यक्रम आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडको नेतृत्व र सहज-एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम)को साझेदारीमा आउँदो माघ  ४ गते बाट सञ्चालन हुनेछ।

Tata
GBIME
Nepal Life

निर्धारित अवधिमा उच्च वृद्धिको सम्भावना भएका १० वटा कृषि उद्यमहरूको क्षमता बढाई थप लगानीयोग्य बनाउने कार्यक्रमको प्रमुख लक्ष्य रहेको सञ्चालकको भनाइ छ।

प्रदेश १ पाँच ‘अ’ भनेर कृषिजन्य वस्तुहरू अलैंची, अर्थोडक्स चिया, अदुवा, अम्लिसो (कुचो) र अकबरे खुर्सानीको उत्पादनका लागि चिनिन्छ। यी उत्पादन लगायतका उपलब्ध अन्य स्रोतहरूको समुचित उपयोग गरी समृद्ध प्रदेश बन्ने ठूलो अवसर छ। त्यसैको सदुपयोग गर्न यस कार्यक्रमको परिकल्पना गरिएको आध्यन्तका संस्थापक मनोज पौडेल बताउँछन्।

यस कार्यक्रममार्फत उद्यमीहरूले उत्पादन विकास, व्यवसायको वित्तीय संरचना, बजार विस्तार, र निजी पुँजीमा पहुँच, लगायतका सहयोगहरू पाउने पौडेल बताउँछन्।

सहजका कार्यक्रम प्रबन्धक मिलन जोशी भन्छन्, हामीले यस साझेदारीबाट वृद्धिको सम्भावना भएका उद्यमहरूलाई एक ठाउँमा ल्याएर र उनीहरूलाई थप लगानी प्राप्त गर्नका लगि तयार गरी वैकल्पिक लगानीका सम्भावनाहरूसँग जोड्ने आशा गरेका छौं।’

यसले उद्यमीहरूलाई उनीहरूको व्यवसायिक वृतभन्दा बाहिरको सहयोग र स्रोतहरूको साथै सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरूको बृहत सञ्जाल सम्म पहुँच समेत प्रदान गर्नेमा सञचालकहरू विश्वस्त छन्।

यस कार्यक्रमका बारेमा पौडेल भन्छन्, ‘कृषि क्षेत्रको अथाह सम्भावनालाई उजागर गर्न र  उच्च वृद्धिको सम्भाव्यता भएका उद्यमहरूलाई आवश्यक सहयोग प्रदान गर्न यो कार्यक्रम ल्याएका हौं।’