BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकको सञ्चालक समितिको पदेन सदस्यका हैसियतमा अर्थ सचिवको सपथ

२०७९ पुष २८

राष्ट्र बैंकको सञ्चालक समितिको पदेन सदस्यका हैसियतमा अर्थ सचिवको सपथ
राष्ट्र बैंकको सञ्चालक समितिको पदेन सदस्यका हैसियतमा अर्थ सचिवको सपथ

काठमाडौं। अर्थसचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्यको हैसियतमा सपथ लिएका छन्।

Tata
GBIME
Nepal Life

अघिल्लो साता अर्थसचिवमा सरुवा भएका उनले सर्बोच्च अदालतका कामु प्रधान न्यायाधिस हरिकृष्ण कार्कीबाट बिहीबार सपथ लिएका हुन्।

नेपाल राष्ट्र बैंक ऐनले अर्थसचिवलाई राष्ट्र बैंकको पदेन सञ्चालक समिति सदस्य हुने ब्यवस्था गरेको छ। कृष्णहरि पुस्करलाई नयाँ सरकार आएपछि अर्थसचिवबाट सरुवा गरेको छ। त्यसपछि राया आएका हुन्।

राष्ट्र बैंक स्वायत्त निकाय हो। राष्ट्र बैंकले मौद्रिक नीतिबाट सरकारको वित्त नीतिलाई सहयोग पुर्याउँछ। सरकार र राष्ट्र बैंकबीचको पुलको काम गर्न अर्थसचिवलाई सञ्चालक बनाइएको हुन्छ।