BIZMANDU
www.bizmandu.com

सुपर मादीले वैदेशिक रोजगारीमा गएका र सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने

२०७९ पुष २८

सुपर मादीले वैदेशिक रोजगारीमा गएका र सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने
सुपर मादीले वैदेशिक रोजगारीमा गएका र सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने


काठमाडौं। सुपर मादी हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका र सर्वसाधरणलाई आइपीओ बिक्री खुलाउने भएको छ। आइपीओमा माघ ९ गतेदेखि आवेदन दिन सकिनेछ।

Tata
GBIME
NLIC

हाइड्रोपावरले दुई लाख १० लाख कित्ता वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको छ। १७ लाख ४३ हजार कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्।   

आइपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ। अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँको सेयर निष्कासन गर्दैछ। सेयर अंकित मूल्यमा जारी हुँदैछ। कुल २१ लाख कित्ता सेयर निष्कासन गर्ने जनाएको छ।

जसमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याइएको छ। ५ प्रतिशत म्युचुअल फण्डलाई सुरक्षित राखेको हो। २ प्रतिशत आयोजनाका कर्मचारीको हिस्सा हो।

आवेदन छिटोमा माघ १२ गतेसम्म दिन सकिनेछ। पर्याप्त आवेदन नपरे माघ २३ गतेसम्म लम्बिनेछ।

कम्पनीले ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजनाको अनुमानित प्रति मेगावाट लागत १८ करोड ९७ लाख ७२ हजार रुपैयाँ छ। जुन ब्याजसहित हो। आयोजनाको कुल लागत ८ अर्ब ३५ करोड रुपैयाँ छ।