BIZMANDU
www.bizmandu.com

मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश २.८९ प्रतिशत, २.७५ प्रतिशत बोनस दिने

२०७९ पुष २७

मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश २.८९ प्रतिशत, २.७५ प्रतिशत बोनस दिने
मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश २.८९ प्रतिशत, २.७५ प्रतिशत बोनस दिने


काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले २.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। साविक हिमालयन जनराल इन्स्योरेन्सको नाफाबाट मात्रै लाभांश बाँडिएको कम्पनीले जनाएको छ।

GBIME
Tata

जसमध्ये सञ्चालक समितिले २.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। बाँकी करका लागि ०.१४ प्रतिशत नगद पनि दिँदैछ।

कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरिएको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ६ करोड १५ लाख रुपैयाँले बढ्नेछ।

लाभांश बीमा प्राधिकरण र कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।