BIZMANDU
www.bizmandu.com

चौधरी समूहले बेच्ने बेको ब्राण्डको विभिन्न उत्पादन किन्दा पुरस्कार पाइने

२०७९ पुष २७

चौधरी समूहले बेच्ने बेको ब्राण्डको विभिन्न उत्पादन किन्दा पुरस्कार पाइने
चौधरी समूहले बेच्ने बेको ब्राण्डको विभिन्न उत्पादन किन्दा पुरस्कार पाइने

काठमाडौं। चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आइरहेको यूरोपको टप होम अप्लायन्स ब्रान्ड बेकोका उत्पादन खरिदमा विभिन्न उपहार स्किम ल्याएको छ।

Tata
GBIME

बेकोका सम्पूर्ण उत्पादनहरुमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको कम्पनीले जनाएको छ। कम्पनीले नेपालभर रहेको आफ्नो ४० भन्दा बढी सर्भिस सेन्टरहरुबाट यो सेवा निरन्तर रुपमा दिइरहेको जनाएको छ। बेकोका उत्पादनहरुमा १२ वर्षसम्मको पार्ट्स वारेन्टी रहेको छ।

हालै कम्पनीले जाडो मौसमलाई लक्षित गर्दै ‘वेलकम विन्टर’ नामक योजना पनि ल्याएको छ। योजना अन्तर्गत ग्राहकहरुले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने समानहरुको खरिदमा उपहार दिने अफर ल्याएको छ।

जसअनुसार वासिङ मेसिन र वासर ड्रायरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वासिङ पाउडर दिने कम्पनीले जनाएको छ। डिसवासरको खरिदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार कम्पनीले दिनेछ। साथै एयर कन्डिसनर किन्दा चार हजार रुपैयाँ बराबरको फ्रि इन्स्टलेसनको सुविधा पाइने बताइएको छ।

उक्त योजना मंसिर १५ देखि सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ।