BIZMANDU
www.bizmandu.com

केयर रेटिङसँग धितोपत्र बोर्डले माग्यो स्पष्टीकरण, तीन ब्रोकर कम्पनीलाई पनि जरिवाना

२०७९ पुष २६

केयर रेटिङसँग धितोपत्र बोर्डले माग्यो स्पष्टीकरण, तीन ब्रोकर कम्पनीलाई पनि जरिवाना
केयर रेटिङसँग धितोपत्र बोर्डले माग्यो स्पष्टीकरण, तीन ब्रोकर कम्पनीलाई पनि जरिवाना

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नियम विपरित काम गरेको भन्दै केयर रेटिङ नेपाललाई स्पष्टीकरण सोधेको छ।

Tata
GBIME
Nepal Life

क्रेडिट रेटिङ नियमावली २०६८ विपरित रेटिङ एजेन्सीले आफ्ना मुख्य सेयरधनी समेत रहेका कम्पनीहरुको रेटिङ गरेको बोर्डको जिकिर छ।

केयरले युनाइटेड डिस्ट्रिब्युटर्स लगायतका कम्पनीको रेटिङ गरेको बोर्ड स्रोतले बतायो। केयर र युनाइटेडमा विशाल ग्रुपको लगानी छ। विशाल ग्रुपका प्रबन्ध संचालक अशोककुमार अग्रवाल केयर र युनाइटेड डिस्ट्रिब्युटर्स दुवैको सेयरधनी हुन्।

आफ्नै सेयरधनी संलग्न कम्पनीको रेटिङ गरेका कारण बोर्डले केयरलाई लाइसेन्स किन रद्द नगर्ने भन्दै स्पष्टीकरण मागेको हो। केयरबाट भएका यस्ता रेटिङ पनि खारेज गर्ने चेतावनी बोर्डले दिएको छ।

यस्तै बोर्डले तोकिएको वित्तीय प्रतिवेदन नबुझाउने र त्रैमासिक विवरण नदिने तीनवटा ब्रोकर कम्पनीलाई जरिबाना गरेको छ। तोकिएको वित्तीय प्रतिवेदन नबुझाएको भन्दै बोर्डले सन्नी सेक्युरिटीलाई १० हजार रुपैयाँ जरिबाना गरेको छ भने त्रैमासिक विवरण नबुझाउने इम्पेरियल र त्रिशुल सेक्युरिटिजलाई ७५/७५ हजार रुपैयाँ जरिबाना गरेको छ।