BIZMANDU
www.bizmandu.com

एनएमबि बैंकको साधारणसभाले पारित गर्‍यो ८.२५ प्रतिशत लाभांश

२०७९ पुष २६

एनएमबि बैंकको साधारणसभाले पारित गर्‍यो ८.२५ प्रतिशत लाभांश
एनएमबि बैंकको साधारणसभाले पारित गर्‍यो ८.२५ प्रतिशत लाभांश


काठमाडौं। एनएमबि बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

Tata
GBIME
NLIC

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो। साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए।

वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ।

बैंकको २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रुपैयाँ रहेको छ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ।