BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार, कारोबार एक वर्ष यताकै धेरै

२०७९ पुष २६

अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार, कारोबार एक वर्ष यताकै धेरै
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार, कारोबार एक वर्ष यताकै धेरै


काठमाडौं। मंगलबार अर्थमन्त्री फेरिने हल्ला चलेपछि सेयर बजार तंरगित बनेको छ। काँग्रेसले नयाँ सरकारलाई विश्वासको मत दिने भएपछि उत्पन्न हुनसक्ने विविध राजनीतिक परिस्थितीको आँकलन र अर्थमन्त्री फेरिने हल्लाका कारण कारोबार अवधिभर त्यसको प्रभाव सेयर बजारमा देखियो।

Tata
GBIME
NLIC

विशेषगरी सेयर बजार र निजी क्षेत्रसँग सकारात्मक बनेका अर्थमन्त्री विष्णु पौडेल फेरिने हल्ला फैलिएसंगै मंगलबार मध्यान्नबाट बजारको लय बिग्रिन थालेको हो।

आज उच्च मनोबलसहित २२७७ बिन्दु सम्म बजार पुगेको थियो। कारोबार सुरु भएलगत्तै फराकिलो अंक अर्थात ६२ अंकसम्म बढेको बजार अर्थमन्त्री परिवर्तन हुने हल्लाले करिब १ घण्टामा करिब ९० अंकले घट्यो।  

राजनीतिक परिस्थितीका कारण आत्तिएका लगानीकर्ताले अन्यौलका बीच अन्तिममा बिक्री चापलाई बढाएका छन्।

फलस्वरुप आज नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ बिन्दुमा झरेको छ। सोमबार २२०० बिन्दुमा पुगेको बजार एकदिन पनि टिक्न पाएन। बिक्री चापका कारण कारोबार भने साढे ७ अर्ब माथि पुगेको छ। आज भएको सेयर कारोबार करिब एक वर्ष यताकै सर्वाधिक हो।

कारोबारमा आएका १३ उपसमुह मध्ये वाणिज्य बैंक र म्युचुअल फन्ड बाहेक सबैजसो उपसमुह राताम्मे बनेका छन्।