BIZMANDU
www.bizmandu.com

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, भोलि औपचारिकता दिइँदै, रिक्त उपाध्यक्ष टुंगो लागेन

२०७९ पुष २६

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, भोलि औपचारिकता दिइँदै, रिक्त उपाध्यक्ष टुंगो लागेन
बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, भोलि औपचारिकता दिइँदै, रिक्त उपाध्यक्ष टुंगो लागेन

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निश्चित भएका छन्। संघको बुधबार हुने विशेष साधारणसभाले केसीलाई निर्विरोध निर्वाचित गर्ने भएको हो।

Tata
GBIME

केसी अहिले संघको उपाध्यक्ष छन्। अघिल्ला अध्यक्ष अनिल उपाध्यायको कृषि विकास बैंकमा कार्यकाल सकिएपछि संघको नेतृत्व रिक्त भएको हो।

संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ। 

केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी अध्यक्ष भएपछि उपाध्यक्ष पद रिक्त हुने छ। उपाध्यक्षमा कसलाई ल्याउने टुंगो नभइसकेको बैंकरहरुले बताएका छन्।