BIZMANDU
www.bizmandu.com

विद्युत प्राधिकरणले भक्तपुर-ठिमी १३२ केभी प्रसारणलाइन भूमिगत गर्दै, १८ महिनामा सकिने

२०७९ पुष २६

विद्युत प्राधिकरणले भक्तपुर-ठिमी १३२ केभी प्रसारणलाइन भूमिगत गर्दै, १८ महिनामा सकिने
विद्युत प्राधिकरणले भक्तपुर-ठिमी १३२ केभी प्रसारणलाइन भूमिगत गर्दै, १८ महिनामा सकिने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भक्तपुर-ठिमी १३२ केभी प्रसारणलाइन भूमिगत गर्ने भएको छ।

Tata
GBIME

भक्तपुर सबस्टेसनदेखि ठिमीमा प्रस्तावित सबस्टेसनसम्म २८० मेगावाट क्षमताको प्रसारणलाइन डबल सर्किट प्रसारणलाइन निर्माण गर्न लागेको हो।

करिब ३.२७ किमि भूमिगत निर्माण हुनेछ। विद्युत विकास विभागले सूचना निकालेर प्रस्तावित प्रसारणलाइन निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न आग्रह गरेको छ।

जमिनको सतहबाट लाइनको गहिराइ २ मिटर रहनेछ। केबल ज्वाइन्ट्स पिट्सहरु बीचको दुरी ३६० देखि ४९९ मिटरसम्म हुनेछ। आयोजना निर्माण लागि ०.६५१७४ हेक्टर जमिन चाहिन्छ। जसमध्ये जडान खाडल (७ वटा) का लागि ०.०१६८० हेक्टर जमिन चाहिन्छ। स्थायी रुपमा र केबल ट्रेन्चका लागि ०.३८४९४ हेक्टर तथा भण्डारण तथा शिविरका लागि ०.२५ हेक्टर जग्गा अस्थायी रुपमा प्रयोग गरिने छ।

यो भूमिगत प्रसारणलाइनको क्षेत्राधिकार छेउको सर्किटबाट ०.३ मिट र ट्रेन्चको मध्य रेखाबाट दायाँ र बायाँ दुवैतर्फ १/१ मिटर गरि कुल २ मिटर छ। १८ महिनामा का सक्ने आयोजनाको लक्ष्य छ।