BIZMANDU
www.bizmandu.com

नेपाल वेयरहाउजिङ कम्पनीले १३ करोडभन्दा बढीको आइपीओ निष्कासन गर्दै

२०७९ पुष २६

नेपाल वेयरहाउजिङ कम्पनीले १३ करोडभन्दा बढीको आइपीओ निष्कासन गर्दै
नेपाल वेयरहाउजिङ कम्पनीले १३ करोडभन्दा बढीको आइपीओ निष्कासन गर्दै


काठमाडौं। नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सर्वसाधरणमा प्राथमिक शेयर जारी गर्ने भएका छ। कम्पनीले १३ करोड माथिको साधारण सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको हो। बोर्डका अनुसार कम्पनीले पुस २२ गते निवेदन दिएको हो।

Tata
GBIME
NLIC

बोर्डको स्वीकृति पश्चात कम्पनीले १३ करोड ७५ लाख बराबरको १३ लाख ७५ हजार कित्ता सेयर जारी गर्ने छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

नेपाल वेयर हाउजिङ कम्पनीले वैज्ञानिक खाद्यान्न भण्डारण गृह, बोलकबोलको माध्यमबाट खाद्यान्न किनबेच लगायतका कामहरु गर्दै आएको छ।  

कम्पनीले देशका तीन स्थान सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषकबाट कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।