BIZMANDU
www.bizmandu.com

सुनको भाउ थोरै घट्यो, तोलाको एक लाख ३ हजार ५ सय, चाँदी कति पुग्यो?

२०७९ पुष २६

सुनको भाउ थोरै घट्यो, तोलाको एक लाख ३ हजार ५ सय, चाँदी कति पुग्यो?
सुनको भाउ थोरै घट्यो, तोलाको एक लाख ३ हजार ५ सय, चाँदी कति पुग्यो?


काठमाडौं। सुनको मूल्य दुईदिनपछि थोरै घटेको छ।अघिल्लो दिनको भन्दा तोलामा ४ सय रुपैयाँले घटको हो।

Tata
GBIME
NLIC

मंगलबारको लागि कारोबार मूल्य प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन तोलामा ६ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ३ हजर ९ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य मंगलबार तोलामा २५ रुपैयाँ घटेको छ। चाँदी प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९० रुपैयाँ थियो।

अन्तराष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य थोरै घटेको छ। सुन प्रतिऔंस सोमबार प्रतिऔंस १८७५.९५ डलर रहेको सुन घटेर १८७१.४१ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २३.९७ डलरबाट घट्दै २३.५४ डलरमा आइपुगेको छ।