BIZMANDU
www.bizmandu.com

ट्‍वीटरले तीन नयाँ फिचर थप्दै: शब्द सीमा बिना नै ट्‍वीट गर्न मिल्ने बनाउँदै

२०७९ पुष २५

ट्‍वीटरले तीन नयाँ फिचर थप्दै: शब्द सीमा बिना नै ट्‍वीट गर्न मिल्ने बनाउँदै
ट्‍वीटरले तीन नयाँ फिचर थप्दै: शब्द सीमा बिना नै ट्‍वीट गर्न मिल्ने बनाउँदै


काठमाडौं। इलन मस्कले ट्‍वीटर प्लाटफर्ममा तीन नयाँ फिचरहरू थप्ने भएका छन्। मस्कले ट्‍वीटमार्फत छिट्टै धेरै शब्दको  ट्‍वीट गर्न मिल्ने र बुकमार्क बटन फिचर समावेश गर्ने जानकारी दिएका हुन्।

Tata
GBIME
NLIC

यस बाहेक, आफ्नो प्लाटफर्ममा टिन्डर जस्तै स्वाइप फिचर समावेश गर्ने पनि उनले बताएका छन्। ट्‍वीटरले यसै हप्ताको अन्त्यमा  नै टिन्डर स्वाइप फिचरलाई आफ्नै प्लाटफर्ममा ल्याउनेछ।

 स्वाइप विकल्प रोल आउट भएसंगै यस माइक्रोब्लगिङ प्लाटफर्ममा सिफारिस गरिएका र फलो गरिएका ट्विटहरू ब्राउज गर्नका लागि प्रयोगकर्ताहरूलाई दायाँ वा बायाँ स्वाइप गर्न मिल्नेछ। धेरै शब्दको ट्वीट गर्न मिल्ने फिचर भने फेब्रुअरीको सुरुमा लञ्च हुनेछ।

स्वाइप फिचर धेरै ठूलो यूजर इन्टरफेसको पहिलो भाग रहेको मस्कले ट्विटमार्फत सूचित गरे।

 धेरै शब्दको ट्‍वीट गर्न मिल्ने फिचरले प्लाटफर्ममा प्रयोगकर्ताहरूको लागि २८० अक्षरहरुको वर्तमान शब्द सीमा हुनेछैन। योसँगै प्रयोगकर्ताहरूले लामो पोस्ट गर्न सक्ने भएका छन्। 

यस फिचरले शब्द सीमा कुनै चिन्ता नगरी वा ट्‍वीटको थ्रेड नबनाई आफ्नो दृष्टिकोण सहजै व्यक्त गर्न सक्ने बनाउनेछ।

ट्‍वीटरले प्लाटफर्ममा स्पाम र बोट अकाउन्टहरू नियन्त्रण गर्न ब्लू-टिक सदस्यता सेवा रोल आउट गर्ने योजना घोषणा गरेपछि यी फिचरहरूको बारेमा पहिलो पटक गत वर्ष नै संकेत दिएको थियो। (इकोनोमिकटाइम्सबाट साभार)