काठमाडौं। नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराम राज सापकोटा निर्वाचित भएका छन्। उनी ३७ नम्बर सर्वलक्ष्मी सेक्युरिटिजका सञ्चालक हुन्।
उनको निकटतम प्रतिस्पर्धी जीएन भुसाल थिए। सापकोटा र भुसालबीच सहमतिको प्रयास विफल भएपछि चुनाब नै भएको थियो। ५० जना सदस्यमा चुनाव हुने परिस्थिति आउन नदिने ब्रोकरहरुले बताएका थिए। तर अन्तिम प्रयास पनि विफल भएपछि चुनावबाटै अध्यक्ष चयन गरिएको हो। एशोसिएसनको उपाध्यक्षमा सरिता अधिकारी चयन भएकी छिन्।
उनी ४१ नम्बर ब्रोकर लिन्च सेक्युरिटिजकी प्रबन्ध सञ्चालक हुन्। यस्तै महासचिवमा फणिन्द्र ढकाल चयन भएका छन्। उनी ५२ नम्बर स्टक ब्रोकरका सञ्चालक हुन्। एसोसिएसनका कोषाध्यक्षमा नासा सेक्युरिटिजका मदन पौडेल चयन भएका छन्।सचिवमा सुयोग अधिकारी छन्।
सदस्यमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्जवल उप्रेती चयन भएका हुन्।