BIZMANDU
www.bizmandu.com

ब्रोकर एशोसिएसनमा सहमतिको प्रयास विफल, को को छन् आकांक्षी ?

२०७९ पुष २२

ब्रोकर एशोसिएसनमा सहमतिको प्रयास विफल, को को छन् आकांक्षी ?
ब्रोकर एशोसिएसनमा सहमतिको प्रयास विफल, को को छन् आकांक्षी ?


काठमाडौं। नेपाल ब्रोकर एशोसिएसनको अध्यक्षमा दुई जना आकांक्षीका कारण सर्वसम्मतको प्रयास असफल भएको छ। एशोसिएसनको साधारणसभा शुक्रबारदेखि सुरु भएको छ।

Tata
GBIME
NLIC

साधारणसभा हुनु अघिनै अध्यक्षका आकांक्षी धर्मराज सापकोटा र जीएन भुसालबीच सहमतिको प्रयास भएको थियो। पूर्व र वर्तमान अध्यक्षहरुले सर्वसम्मतको प्रयास केही दिनदेखि गरेपनि सफल हुन नसकेको बताएका छन्।

अध्यक्षका आकांक्षी सापकोटा उपाध्यक्ष हुन् भने भुसाल महासचिव। एक ब्रोकरका अनुसार ५० जनामा सहमति जुटाउन कठिन नभएको बताउँदै सकेसम्म चुनाव हुँदैन। दुई जनामा सहमति हुन नसकेमा कुनै पूर्व अध्यक्षलाई पनि अघि सार्ने तयारी छ।