BIZMANDU
www.bizmandu.com

हामा स्टिलले एकैवर्ष गर्‍यो ३.८० अर्बको कारोबार, सवा ४ अर्ब बढी ऋणलाई पायो रेटिङ

२०७९ पुष २२

हामा स्टिलले एकैवर्ष गर्‍यो ३.८० अर्बको कारोबार, सवा ४ अर्ब बढी ऋणलाई पायो रेटिङ
हामा स्टिलले एकैवर्ष गर्‍यो ३.८० अर्बको कारोबार, सवा ४ अर्ब बढी ऋणलाई पायो रेटिङ


काठमाडौं। डन्डी उत्पादन गर्ने हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले २०२१/२२ मा ३ अर्ब ८० करोड ६० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME
NLIC

दैनिक १ लाख २० हजार टन टीएमटी बार उत्पादन क्षमता रहेको कम्पनीले अघिल्लो वर्ष २०२०/२१ मा २ अर्ब ७३ करोड ५० लाख रुपैयाँ व्यापार गरेको थियो। २०१९/२० मा कम्पनीको कारोबार १ अर्ब ८० करोड १० लाख रुपैयाँ थियो। बाइन्डिङ वायर्स, हार्ड ब्राइट वायर्स र प्लेन राउन्डलगायतका प्रडक्टसमेत कम्पनीले बिक्री गर्छ।

कुल बिक्रीको ९० प्रतिशत हिस्सा कम्पनीले टीएमटी बारबाट आर्जन गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले जनाएको छ।
देशभर १ सय भन्दा बढी डिलर तथा सब डिलरमार्फत कम्पनीले आफ्नो उत्पादन देशभर बिक्री गरिरहेको छ।

कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। ९६ करोड ९८ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले आइआरएन बी र ३ अर्ब २० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ पाएको छ।