BIZMANDU
www.bizmandu.com

१८ हजार बढी कर्मचारी कटौती गर्दै अमेजन, खर्च कटौती गर्ने रणनीति

२०७९ पुष २१

१८ हजार बढी कर्मचारी कटौती गर्दै अमेजन, खर्च कटौती गर्ने रणनीति
१८ हजार बढी कर्मचारी कटौती गर्दै अमेजन, खर्च कटौती गर्ने रणनीति


काठमाडौं। टेक जायन्ट अमेजनले  १८ हजारभन्दा बढी कर्मचारी कटौती गर्ने भएको छ। यसअघि पनि गत वर्ष नोभेम्बर १४ मा अमेजनले आफ्नो तीन प्रतिशत अर्थात १० हजार कर्मचारी कटौती गरेको थियो। 

Tata
GBIME
NLIC

कर्मचारी कटौती बारेमा अमेजनले गत वर्ष नोभेम्बरमा नै संकेत दिएको थियो। तर यसले ठ्याक्कै कति रोजगारी कटौती गर्नेछ भन्ने आँकडा बारे खुलाएको थिएन।

खर्च कटौती गर्नका लागि सो कदम चालिएको कम्पनीका प्रमुख कार्यकारी एन्डी जस्सीले बताए। यो कटौती हाल अमेजनमा आबद्ध तीन लाख कर्पोरेट कर्मचारीहरूको लगभग ६ प्रतिशत हो।   

नोभेम्बरमा अमेजनले यो छटनीको एक राउन्ड सुरु गरिरहेको बताएको थियो। 

‘यस कटौतीबाट प्रभावित भएका कर्मचारीहरूलाई हामी सहयोग गर्न काम गरिरहेका छौं। र प्याकेजहरू प्रदान गर्दैछौं जसमा छुट्टै भुक्तानी, संक्रमणकालीन स्वास्थ्य बीमा लाभ र बाह्य रोजगार नियुक्ति समर्थन समावेश छ,’ जस्सीले भने, ‘अमेजनले विगतमा अनिश्चित र कठिन आर्थिक अवस्थाको सामना गरेको छ, र यससमयलाई पनि हामीले छिट्टै पार लगाउनेमा विश्वस्त छौं।’

जस्सीले प्रभावित कर्मचारीहरू कुन ठाउँका हुन्छ भनेर स्पष्ट पारेनन्। यद्यपि उनले फर्मले ‘युरोपमा लागू हुने ठाउँमा’ कर्मचारीहरूको प्रतिनिधित्व गर्ने संस्थाहरूसँग कुराकानी गर्ने बताए।

यस कटौतीमा प्राय: जसो अमेजन स्टोर सञ्चालन र यसको पिपल, एक्सपिरियन्स र टेक्नोलोजी टिमका कर्मचारी पर्ने उनले जानकारी दिएका छन्। 

दुई महिना अघि फर्मले व्यापार सञ्चालनको वार्षिक समीक्षामा खर्च घटाउनमा ध्यान दिने बताएको थियो।

अमेजनले पहिले नै कर्मचारी भर्ती गर्न साथै यसको केही गोदाम विस्तारहरू रोकेको थियो। अमेजनले कोभिड  महामारीको समयमा हद भन्दा बढी कर्मचारी गरेको थियो। यस अल्पकालिन निर्णयले पनि पछिल्लो समय अमेजनले भार‍ी मात्रा कर्मचारी कटौती गर्नु पर्ने अवस्था आएको हो।

कर्मचारी कटौतीसँगै अमेजनले व्यक्तिगत डेलिभरी रोबोट जस्ता परियोजनाहरू रद्द गर्ने कदमहरू पनि चालेको छ। (बीबीसीबाट साभार)