BIZMANDU
www.bizmandu.com

नबिल बैंकका ग्राहकले मिडास एजुकेसनको इ-क्लास सफ्टवेयर ८ सय रुपैयाँमा पाउने

२०७९ पुष १८

नबिल बैंकका ग्राहकले मिडास एजुकेसनको इ-क्लास सफ्टवेयर ८ सय रुपैयाँमा पाउने
नबिल बैंकका ग्राहकले मिडास एजुकेसनको इ-क्लास सफ्टवेयर ८ सय रुपैयाँमा पाउने


काठमाडौं। नबिल बैंक र मिडास एजुकेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास इ-क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू पाउने छन्। 

Tata
GBIME
Nepal Life

नबिलका ग्राहकहरूले मिडास इ-क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैयाँमा पाउने बैंकले जनाएको छ। ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा पनि २५ प्रतिशत छुट पाउने बताइएको छ। 

बैंकले समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लाटफर्ममार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको जनाएको छ। 

मिडास इ-क्लास शिक्षण र सिकाउने सफ्टवेयर हो। जसमा ट्युटोरियल भिडियो र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मक रुपमा विकास गरेको बैंकले जनाएको छ।