BIZMANDU
www.bizmandu.com

पोखराबासीले देखेको सपना पूरा भयो भन्दै वाङ सिनले भने : ‘नेपालको राष्ट्रिय गौरवको प्रतीक’

२०७९ पुष १७

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। यो विमानस्थल चिनियाँ एक्जिम बैंकको ऋणमा निर्माण भएको हो।

Tata
GBIME
Nepal Life

आइतबार भएको उद्‍घाटन कार्यक्रममा काठमाडौंस्थित चिनियाँ राजदूतावासका चार्ज दी अफेयर्स (सीडीए) वाङ सिन पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिकेा  सपना भएको बताउँदै सो विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतीक भएको पनि बताए।

'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको सपना हो। यो विमानस्थल चिनियाँ मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको छ, जसले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काउँछ र नेपालको राष्ट्रिय गौरवकेा प्रतिक पनि हो,' वाङ सिनले भने।

आजको कार्यक्रममा उपस्थित हुन गौरवान्वित भएको भन्दै उनले परियोजनामा सहयोगको लागि प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई विशेष धन्यवाद पनि दिए। उनले विमानस्थल निर्माणका लागि योगदान दिएका चिनियाँ र नेपाली इन्जिनियरका साथै प्राविधिकहरूलाई पनि धन्यवाद दिएका छन्।