BIZMANDU
www.bizmandu.com

धान-चामल र कनिकाको आयात ४४ प्रतिशतले कमी, भारतले गरेको निर्यात नियन्त्रण र शुल्क वृद्धि कारण

२०७९ पुष १६

धान-चामल र कनिकाको आयात ४४ प्रतिशतले कमी, भारतले गरेको निर्यात नियन्त्रण र शुल्क वृद्धि कारण
धान-चामल र कनिकाको आयात ४४ प्रतिशतले कमी, भारतले गरेको निर्यात नियन्त्रण र शुल्क वृद्धि कारण

काठमाडौं। मुलुकमा चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा धान, चामल र कनिकाको आयात घटेको छ। भारतले गत भदौमा कनिका निर्यातमा प्रतिबन्ध लगाएको थियो भने धान र चामलमा २० प्रतिशत निर्यात शुल्क  तोकेको थियो।

Tata
GBIME

यसले गर्दा नेपालमा चालु आर्थिक वर्ष धान, चामल र कनिकाको आयातमा कमी आएको भन्सार विभागले जनाएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार साउनदेखि मंसिरसम्म १२ अर्ब ६५ करोड रुपैयाँको २ लाख ८२ हजार मेट्रिक टन धान, चामल र कनिका आयात भएको छ।

गतवर्ष सोही अवधिमा २० अर्ब ४९ करोड रुपैयाँको ५ लाख ६ हजार मेट्रिक धान, चामल र कनिका आयात भएको थियो। गतवर्षको तुलनामा यसको आयात परिमाण ४४ प्रतिशत र आयात रकम ३८.२ प्रतिशतले घटेको छ।

आर्थिक वर्ष २०७७/७८मा ५० अर्ब ७८ करोड रुपैयाँको १३ लाख ३४ हजार मेट्रिक टन धान, चामल र कनिका आयात भएको थियो। आव २०७८/७९ मा आयात परिमाण १५.२९ प्रतिशतले घटेर ११ लाख ३० हजार मेट्रिक टन आएको थियो।

उक्त परिमाण ४७ अर्ब ५७ करोड रुपैयाँमा आयात भएको हो। अघिल्लो वर्षको तुलनामा गतवर्ष आयात रकम ६.३ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ।

आयात भएको धान, चामलमध्ये बासमती चामलको हिस्सा करिब २ अर्ब रुपैयाँको छ। नेपालमा बर्सेनि ४० लाख मेट्रिक टन चामलको आवश्यक रहेको मानिन्छ।