BIZMANDU
www.bizmandu.com

नोटमा सही गर्ने गभर्नरको तलब-भत्ता ४९ लाख रुपैयाँ, मासिक तलब एक लाख १८२०० रुपैयाँ

२०७९ पुष १२

नोटमा सही गर्ने गभर्नरको तलब-भत्ता ४९ लाख रुपैयाँ, मासिक तलब एक लाख १८२०० रुपैयाँ
नोटमा सही गर्ने गभर्नरको तलब-भत्ता ४९ लाख रुपैयाँ, मासिक तलब एक लाख १८२०० रुपैयाँ

काठमाडौं। तपाइँ/हाम्रो हातमा भएको नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको तलब सुविधा कति होला?

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै एक वर्षमा गभर्नरले पाएको तलब, भत्ताको विवरण सार्वजनिक गरेको छ।

वार्षिक प्रतिवेदन अनुसार, गभर्नर महाप्रसाद अधिकारीले वर्षभरीमा ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका छन्। उनले एक वर्षमा तलबबापत १४ लाख १८ हजार ४ सय रुपैयाँ बुझेका छन्। यस हिसाबले उनको मासिक तलब १ लाख १८ हजार २०० रुपैयाँ हुन्छ।

यसबाहेक सञ्चालक समिति भत्ताका रूपमा ३ लाख ५ हजार रुपैयाँ बुझेका छन्। उनले सबैभन्दा बढी अन्य सुविधा बुझेका छन्। यसबापत उनले ३१ लाख ८१ हजार ८५५ रुपैयाँ बुझेका हुन्।

राष्ट्र बैंकमा सरकारले पदेन सञ्चालक बनाएर अर्थसचिवलाई पठाएको हुन्छ। अहिलेका अर्थसचिव कृष्णहरि पुष्करले केही पनि नलिएको देखिन्छ।

अघिल्ला अर्थसचिव मधुकुमार मरासिनीले भने बैठक भत्ताबापत २ लाख ५८ हजार र अन्य सुविधाबापत ४ लाख ८५ हजार ४२५ रुपैयाँ बुझेका छन्। मरासिनी अघिका सचिव शिशिरकुमार ढुंगानाले बैठक भत्ता १० हजार र अन्य सुविधा बापत ३१ हजार २३८ रुपैयाँ बुझेका छन्।

राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले तलब, बैठक भत्ता र अन्य सुविधा लिएका छन्। वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानाले वर्षभरीमा ४२ लाख ६० हजार ११३ रुपैयाँ बुझेकी छन्।

उनले तलबबापत १२ लाख ६९ हजार ६ सय रुपैयाँ, बैठक भत्ताबापत २ लाख ७३ हजार र अन्य सुविधा २७ लाख १७ हजार ५१३ रुपैयाँ बुझेकी छन्।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि ४२ लाख २ हजार १७ रुपैयाँ बुझेका छन्। उनले तलबबापत १२ लाख ६९ हजार ६०० रुपैयाँ, बैठक भत्ता २ लाख ९६ हजार रुपैयाँ र अन्य सुविधाबापत २६ लाख ३६ हजार ४१७ रुपैयाँ बुझेका छन्।

सञ्चालकहरु चिन्तामणि शिवाकोटीले १ लाख २५ हजार ५६४ र शंकर आचार्यले १ लाख १३ हजार ४१२ रुपैयाँ बुझेका छन्। उनीहरु आर्थिक वर्ष सकिन केही अगाडि मात्र नियुक्त भएकाले भत्ता र सुविधा कम देखिएको हो।

त्यसअघि श्रीराम पौडेलले १३ लाख ३८ हजार ३५४ र रामजी रेग्मीले ५ लाख ७७ हजार १९ रुपैयाँ बुझेका थिए। अर्का सञ्चालक सुबोध कर्णले ८ लाख ४७ हजार ५१६ रुपैयाँ बुझेका छन्। पछिल्लो समय उनलाई सञ्चालक समितिको बैठकमा आउन दिइएको छैन।