BIZMANDU
www.bizmandu.com

प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री बन्दै, मन्त्रालय टुंग्याउन बानेश्वरमा छलफल जारी

२०७९ पुष ११

प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री बन्दै, मन्त्रालय टुंग्याउन बानेश्वरमा छलफल जारी
प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री बन्दै, मन्त्रालय टुंग्याउन बानेश्वरमा छलफल जारी


काठमाडौं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सपथ लिँदैछन्। अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ ग्रहण गराउँदैछिन्।

Tata
GBIME
NLIC

सपथ ग्रहण अघि गठबन्धनमा मन्त्री भागबन्डा गर्न बैठक चलिरहेको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा मन्त्रालयबारे सहमति जुटाउन अहिले नेताहरु छलफलमा छन्।

७ दलको गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रचण्डको सरकारमा तीनजना उपप्रधानमन्त्री हुने लगभग पक्का भएको छ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आकर्षक मन्त्रालयसहित उपप्रधानमन्त्रीमा सपथ लिने तयारीमा छन्। श्रेष्ठले परराष्ट्र र पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने लगभग निश्चित छ।

यस्तै, सत्ता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपप्रधानमन्त्रीमा दाबी गरेको छ। पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने पनि लगभग निश्चित भएको बताइन्छ। उनले गृह मन्त्रालय माग गरे पनि त्यसबार भने सहमति हुन सकेको छैन।