BIZMANDU
www.bizmandu.com

एकै पटक ४० वटा निर्माण कम्पनीका नाममा सूचना, समयमा काम नगरे ठेक्का रद्द गर्ने

२०७९ पुष ११

एकै पटक ४० वटा निर्माण कम्पनीका नाममा सूचना, समयमा काम नगरे ठेक्का रद्द गर्ने
एकै पटक ४० वटा निर्माण कम्पनीका नाममा सूचना, समयमा काम नगरे ठेक्का रद्द गर्ने

काठमाडौं। पूर्वाधार विकास कार्यालय धुलिखेलले ४० वटा निर्माण व्यवसायीहरुलाई समयमा काम सक्न निर्देशन दिएको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न सडक र पुलको काम अलपत्र पार्ने कम्पनीलाई समयमा काम नगरे ठेक्का रद्द गर्ने स्पष्ट पारेको हो।

Tata
GBIME
NLIC

तोकिएको समयवधिमा भित्र काम गर्न पटक-पटक मौखिक तथा लिखित ताकेता गरेको जिकिर कार्यालयको छ।

कार्यालयले काम सक्ने अन्तिम मौका रहेको जनाउँदै नभए ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ। साइटमा निर्माण सामाग्री झारेर त्यसको जानकारी कार्यालयलाई दिन समेत निर्देशन दिइएको छ।

कार्यालयले निर्देशन दिएका कम्पनीहरुमा श्रेष्ठ-सक्षम जेभी, एनएस बिल्डर्स, पुष्पान्जली-लामा प्रगति जेभी, एसपीपी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, सीएम घिसिङ पीएसके, ककनी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, ड्रागन शिवालय जेभी, एरिट सञ्जीवनी प्रादेज जेभी, लामा कन्स्ट्रक्सन छन्।

यस्तै राज एण्ड एन कन्स्ट्रक्सन, सिजन एण्ड शिवानी कन्स्ट्रक्सन, जिग्मे बिल्डर्स, वर्ल्डवाइड सुसन जेभी, आशिर्वाद- आरएस जेभी, एपी बिल्डर्स, गोर्खाली निर्माण सेवा लगायतका निर्माण कम्पनी पनि छन्।