BIZMANDU
www.bizmandu.com

गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो, नयाँ सरकार गठनबारे सत्तारुढ दलहरुबीच जुटेन सहमति

२०७९ पुष १०

गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो, नयाँ सरकार गठनबारे सत्तारुढ दलहरुबीच जुटेन सहमति
गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो, नयाँ सरकार गठनबारे सत्तारुढ दलहरुबीच जुटेन सहमति


काठमाडौं। सत्ता गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो।

Tata
GBIME

पहिला प्रधानमन्त्री को बन्ने भन्ने बारेमा कुरा नमिलेपछि गठबन्धनको बैठक निष्कर्षविहीन भएको हो।

अब भन्ने सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन्।

आज बालुवाटारमा बसेको बैठकमा देउवा, प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको सहभागिता थियो।

यसअघि शुक्रबार र शनिबार पनि निरन्तर छलफल भए पनि गठबन्धनमा सहमति हुन नसकेको हो।