BIZMANDU
www.bizmandu.com

स्प्रेडदर घटाउने नीतिको प्रभाव बैंकहरुको सेयर मूल्यमा देखिन थाल्यो, कुन बैंकको कति घट्यो ?

२०७९ पुष १०

स्प्रेडदर घटाउने नीतिको प्रभाव बैंकहरुको सेयर मूल्यमा देखिन थाल्यो, कुन बैंकको कति घट्यो ?
स्प्रेडदर घटाउने नीतिको प्रभाव बैंकहरुको सेयर मूल्यमा देखिन थाल्यो, कुन बैंकको कति घट्यो ?

काठमाडौं। बैंकहरुका सेयर मूल्य लगातार घट्न थालेको छ। यसको कारक नेपाल राष्ट्र बैंकको निर्णय हो।

Tata
GBIME
Zonsen

राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै स्प्रेडदर घटाउने निर्णय गर्‍यो। यो निर्णयसँगै ४.३९ प्रतिशतसम्म पुगिसकेको वाणिज्य बैंकहरुको स्प्रेड दर असारसम्म ४ प्रतिशतमा ल्याउनुपर्ने दबाब छ।

स्प्रेड घट्दा वाणिज्य बैंकको नाफा घट्नेछ। नाफा घट्ने भएकाले बैंकको सेयर घट्न थालेको छ। नियामकीय प्रावधानको उपल्लो सीमासम्म पुगेको स्प्रेड दर बैंकहरुले चैतसम्म ४.२ प्रतिशत ल्याइसक्नु पर्छ। र, असारसम्म तोकए बमोजिम हुनुपर्ने राष्ट्र बैंकले सर्कुलर नै जारी गरिसकेको छ। 

ब्याजदरले गर्दा ऋणको माग नै नभएको बेला बैंकले थप आम्दानी गुमाउनुपर्ने भएपछि बैंकरहरु रुष्ट समेत छन्। 

'स्प्रेड दर घटाएर एकातिर नाफा प्रभावित हुने भएको छ। अर्कोतिर जुन प्रयोजनका लागि घटाइएको हो त्यो पनि तत्काल प्राप्त हुँदैन,' एक बैंकरले भने, 'ब्याजदर घटाउन प्रभावकारी कदम चाल्ने हो भने नीतिगत दर नै लचिलो हुन जरुरी छ। यसमा निजी क्षेत्र पनि सकारात्मक छ।' 

वाणिज्य बैंकसहित राष्ट्र बैंकले विकास बैंक र फाइनान्सको स्प्रेड दरमा पनि लगाम लगाएको छ। ४.९९ प्रतिशतसम्म लिँदै आएका उनीहरुलाई पनि ४.६ प्रतिशतमा स्प्रेड ल्याउनु पर्ने नियामकीय दबाब छ।

आम्दानीमा असर पर्ने भएपछि सेयर बजारमा बैंक वित्त संस्थाहरुको सेयर लगातार घटिरहेको छ। धेरै वाणिज्य बैंकहरुको सेयर ३ सय रुपैयाँभन्दा तलमा किनबेच हुन थालेका छन्। व्यवसायिक रुपमा अग्रसर कतिपय बैंक २ सय तल आएका छन्।

सेयर बजारको बहुल हिस्सा प्रभावित हुँदा सेयर बजारको गति सुस्त हुन थालेको सेयर बजारका जानकारहरु तर्क गर्छन्। 'बैंकहरुलाई नीतिगत हस्तक्षेपमार्फत आम्दानी घटा भन्नु सेयर बजारलाई सोझै प्रभाव पार्नु हो,' अनुभवी एक लगानीकर्ताले बिजमाण्डूसँग भने,'राष्ट्र बैंक सेयर बजार प्रति कहिल्यै सकारात्मक हुन सकेन।'    

व्यवसायीलाई रिझाउन ल्याएको लोकप्रिय नीतिले सेयर लगानीकर्तालाई भने प्रतिकूल अवस्था सृजना गर्ने उनले बताए। कुल बजार पुँजीकरणको झन्डै ४३ प्रतिशत हिस्सा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको हो। बजारको आधा अस्तित्व बोकेका कम्पनीको नाफा साँघुरिदा बजारले अपेक्षित लय समात्न अप्ठ्यारो मान्छ।  

मौद्रिक समीक्षापछि अधिकांश वाणिज्य बैंकको सेयर मूल्य घटेको छ। स्प्रेड ४ प्रतिशत माथि भएका बैंकसँगै निर्धारित सीमाभन्दा तल भएका बैंकको सेयरमा पनि खासै आकर्षण छैन। यस दौरान समग्र बजार पनि प्रभावित बन्दै भएको छ।

बजारमा वाणिज्य बैंकहरुको सेयर माग पनि कम हुन थालेको छ। विकास बैंक र वित्तहरुको चाख पनि कम भएर गएको छ। सेयर बजारका सक्रिय सेयर भएपनि विकास बैंक र वित्त कम्पनीका सेयरमा लगानी गर्न जोखिम हुन थालेको कारोबारीहरु बताउँछन्। 

'कारोबार रकम ड्राइ भएको सिजनमा कम फ्लोट(कारोबार योग्य सेयर) भएका सेयर किनबेच गाह्रो हुँदै गएको हो,' ती लगानीकर्ताले भने,'लिक्विडेड गर्न सजिलो मानिएका वाणिज्य बैंक पनि कम कारोबार हुन थालेका छन्। बजार यति घट्दा पनि माग खासै छैन।' 

यस्तो छ सेयर मूल्यमा परेको प्रभाव

वाणिज्य बैंक स्प्रेड दर समीक्षा अघिको सेयर मूल्य समीक्षा पछिको सेयर मूल्य फरक
एनआईसी एसिया 4.39% 699 665.2 -33.8
सिभिल 4.32% 230 222.9 -7.1
प्राइम कमर्सियल 4.31% 234 213 -21
राष्ट्रिय वाणिज्य 4.26%    
बैंक अफ काठमाण्डू 4.24% 227 197 -30
माछापुच्छ्रे 4.19% 224 211.8 -12
एभरेष्ट 4.17% 481.42 435.9 -45.52
ग्लोबल आइएमई 4.14% 251.4 198.5 -53
सनराइज 4.13% 196.9 181 -15.9
कुमारी 4.13% 198.6 181 -17.6
लक्ष्मी 4.09% 206 189.5 -16.5
मेगा 4.05% 217.5 187 -30.5
नबिल 4.03% 876 810 -66
नेपाल एसबिआई 4.01% 303.2 279.5 -23.7
प्रभु 3.98% 214 185.2 -28.8
सिद्धार्थ 3.92% 326.9 310 -16.9
सानिमा 3.91% 243.18 224 -19.18
कृषि विकास 3.89% 316.5 306.9 -9.6
हिमालयन 3.89% 332 329.9 -2.1
नेपाल इन्भेष्टमेन्ट 3.88% 247.88 212.9 -34.98
स्ट्याण्डर्ड चार्टर्ड 3.87% 411.3 404.7 -6.6
एनसीसी 3.85% 187 176.7 -10.3
सिटिजन्स् 3.80% 186.2 176 -10.2
एनएमबि 3.79% 249.5 233 -17
सेञ्चुरी कमर्सियल 3.72% 189.9 178.5 -11
नेपाल बैंक 3.66% 284.7 269.8 -14.9