BIZMANDU
www.bizmandu.com

सिंहदरबारभित्र ३० किलोवाटका ५ वटा फास्ट चार्जर राखिदै, ऊर्जा मन्त्रालयले निकाल्यो ठेक्का 

२०७९ पुष १०

सिंहदरबारभित्र ३० किलोवाटका ५ वटा फास्ट चार्जर राखिदै, ऊर्जा मन्त्रालयले निकाल्यो ठेक्का 
सिंहदरबारभित्र ३० किलोवाटका ५ वटा फास्ट चार्जर राखिदै, ऊर्जा मन्त्रालयले निकाल्यो ठेक्का 


काठमाडौं। विद्युतीय सवारी प्रवर्द्धन गर्न मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र ५ वटा चार्जिङ स्टेसन राखिने भएको छ।

Tata
GBIME

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आइतबार ३० किलोवाटका ५ वटा चार्जर राख्न ठेक्का आह्‍वान गरेको छ। राष्ट्रिय कम्पनीले मात्रै आवेदन दिन सक्ने गरि ठेक्का निकालिएको छ।

इच्छुक कम्पनीले २४ जनवरी (माघ १० गते) सम्म आवेदन दिन सक्नेछन्। 

विद्युतीय सवारीसाधनको प्रोत्साहनका लागि सिंहदरबारमा चार्जिङ स्टेसन राख्न लागिएको जनाइएको छ।

'ऊर्जा मन्त्रालय वरिपरि ५ वटा चार्जिङ स्टेसन राख्न लागेका छौं। नजिकै ट्रान्सफर्मर चाहिन्छ,' ऊर्जा मन्त्रालयका सहसचिव सुनिल पौडेलले भने, 'कुनै मन्त्रालयले चाहे त्यहाँ पनि राख्न सक्छौं। सरकारी गाडीहरुको सहजताका लागि राख्न लागिएको हो।'

उनका अनुसार यो चार्जरले साना कारहरु मात्रै चार्ज गर्न सक्छ। ठुला सार्वजनिक सवारीसाधनहरु चार्ज गर्न सकिँदैन। एकदेखि डेढ घण्टामा फुल चार्ज गर्न सक्छ।

'विद्युतीय गाडीहरु आए तर सिंहदरबारमै चार्जिङ स्टेसन थिएन। हामीले सबै खालका गाडीलाई चार्ज गर्न मिल्ने चार्जर राख्न लागेका हौं,' उनले भने,'चालु वर्षभित्रै राखिसक्छौं।'

करिब एक करोड रुपैयाँ खर्चेर चार्जिङ स्टेसन राख्न लागिएको हो।