BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकले बोनस सेयरबाट ७६ करोड ३७ लाख रुपैयाँले पुँजी बढाउने, मर्जर पनि एजेण्डा

२०७९ पुष १०

मुक्तिनाथ विकास बैंकले बोनस सेयरबाट ७६ करोड ३७  लाख रुपैयाँले पुँजी बढाउने, मर्जर पनि एजेण्डा
मुक्तिनाथ विकास बैंकले बोनस सेयरबाट ७६ करोड ३७ लाख रुपैयाँले पुँजी बढाउने, मर्जर पनि एजेण्डा


काठमाडौं। मुक्तिनाथ विकास बैंकले पुस ३० गते बार्षिक साधारणसभा डाकेको छ। राष्ट्रियस्तरको विकास बैंक मुक्तिनाथले लाभांशलाई प्रमुख एजेण्डा बनाएको छ।

Tata
GBIME
NLIC

बैंकले गत बर्षको नाफाबाट बोनस सेयरमार्फत चुक्ता पुँजी बृद्धि गर्ने योजना अगाडि सारेको छ।

बैंकले १३.५ प्रतिशतका दरले बोनस सेयर दिने छ। यसबाट बैंकको चुक्ता पुँजी ७६ करोड ३७ लाख रुपैयाँले बढ्ने छ। अहिले चुक्ता पुँजी ५ अर्ब ६५ करोड रुपैयाँ छ। बैंकले कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश पनि दिने छ।

बैंकले यसबाहेक उपयुक्त पार्टनर भेटिए मर्जर तथा प्राप्त गर्न सकिने भन्दै त्यो प्रकृया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई दिन साधारणसभासँग माग गर्ने छ। 

बैंकको साधारणसभाका लागि बुक क्लोज पुस २० गते हुने छ।