BIZMANDU
www.bizmandu.com

काम नभएपछि हुलाकी राजमार्गले दुईवटा खण्डको ठेक्का तोड्दै, निर्माण कम्पनीसँग स्पष्टीकरण माग

२०७९ पुष ८

काम नभएपछि हुलाकी राजमार्गले दुईवटा खण्डको ठेक्का तोड्दै, निर्माण कम्पनीसँग स्पष्टीकरण माग
काम नभएपछि हुलाकी राजमार्गले दुईवटा खण्डको ठेक्का तोड्दै, निर्माण कम्पनीसँग स्पष्टीकरण माग



काठमाडौं। हुलाकी राजमार्गले समयमा काम नगर्ने र निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँग ठेक्का तोड्ने भएकव छ। हुलाकी राजमार्ग निर्देशनालयले शुक्रबार एक सूचना जारी गर्दै आयोजनामा काम गर्ने दुई वटा खण्डको ठेक्का तोड्ने प्रक्रिया थालेको जनाएको छ।

Tata
GBIME
NLIC

निर्देशनालयले निर्माणमा सन्तोषजनक प्रगति नभएको जनाएको छ। यस्तै, निर्माण कम्पनीले हाल ३० दिनभन्दा लामो समयदेखि निर्माण कार्य सुचारु गर्न नआएको कारण ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको हो। निर्देशनालयले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई यसअघि पटक-पटक लिखित तथा मौखिक निर्देशन दिएको थियो।

तर पनि निर्माण व्यवसायीले निर्देशनालयको उक्त निर्देशनलाई अटेर गर्दै आएको छ। निर्देशनालयले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता बमोजिम ठेक्का किन नतोड्ने ? ठेक्का तोड्नु नपर्ने कुनै मनासिव कारण भएमा १५ दिनभित्र विश्वसनीय स्पष्टिकरण पेस गर्न निर्देशन दिएको छ।

निर्माण व्यवसायले यस्तो नगरेको पाइएमा अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानी सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता तोडिने निर्देशनालयको चेतावनी छ।

ठेक्का अन्त्य गर्न सिफारिस भएका निर्माण व्यवसायी गौरीपार्वती-देव एण्ड सायर-भूमी जे. भी. विराटनगर र देव एण्ड सायर-भुमी जे.भी रहेका छन्। यिनीहरुले इनरुवा- कप्तनजुन्ज र बिराटनगर केशालिया सडक विस्तार तथा कालोपत्रे गर्ने कामको ठेक्का पाएका थिए।