BIZMANDU
www.bizmandu.com

मोलुङ हाइड्रोको सेयर पुस १९ गतेबाट, प्रभावित र रोजगारीमा गएकाले पहिलो चरणमा भर्न पाउने

२०७९ पुष ८

मोलुङ हाइड्रोको सेयर पुस १९ गतेबाट, प्रभावित र रोजगारीमा गएकाले पहिलो चरणमा भर्न पाउने
मोलुङ हाइड्रोको सेयर पुस १९ गतेबाट, प्रभावित र रोजगारीमा गएकाले पहिलो चरणमा भर्न पाउने

काठमाडौं। मोलुङ हाइड्रो पावर कम्पनीले आयोजना प्रभावित र बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई साधारण सेयर वितरण गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले पुस १९ गतेदेखि माघ ३ गतेसम्म सेयर जारी गर्न लागेको छ।

कम्पनीको जारी पुँजी ८० करोड २५ लाख रुपैयाँ छ। यसको ४४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरिने छ। योभित्र आयोजना प्रभावित, बैदेशिक रोजगारी र आम सर्वसाधारण पर्छन्। तर पहिलो चरणमा बैदेशिक रोजगार र प्रभावितले पाउने छन्।

कम्पनीले ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावितले पाउने छन्। ओखलढुङ्गाका विभिन्न पालिकाका बासिन्दाले यो सेयर पाउने छन्।

यसबाहेक २ लाख ७२ हजार ८५० कित्ता सेयर रोजगारीमा गएकाले पाउने छन्। उनीहरुले बढीमा ८ हजार र कम्तिमा १० कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ।