BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकले मर्जरको विशेष प्रस्ताव साधारणसभामा लैजाँदै, लाभांशको प्रस्ताव यसपाली छैन

२०७९ पुष ८

माछापुच्छ्रे बैंकले मर्जरको विशेष प्रस्ताव साधारणसभामा लैजाँदै, लाभांशको प्रस्ताव यसपाली छैन
माछापुच्छ्रे बैंकले मर्जरको विशेष प्रस्ताव साधारणसभामा लैजाँदै, लाभांशको प्रस्ताव यसपाली छैन

काठमाडौं। माछापुच्छ्रे बैंकले सञ्चालक समितिको प्रतिनिधित्वलगायतको एजेण्डा पारित गर्न बार्षिक साधारणसभा डाकेको छ।

Tata
GBIME

बैंकले पुस २९ गते बार्षिक साधारणसभा गर्ने छ। यसपाली बैंकले लाभांशको प्रस्ताव गरेको छैन।

बैंकले संस्थापक सेयरधनीका तर्फबाट तीन जना सञ्चालक चयन गर्नु पर्ने छ। त्यही भएर यो एजेण्डा साधारणसभामा लगिँदैछ।

बैंकले विशेष प्रस्तावमा मर्जर तथा प्राप्तिलाई राखेको छ। उपयुक्त पार्टनर भेटिए मर्जर अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार दिने एजेण्डा साधारणसभामा लैजान लागिएको हो।