BIZMANDU
www.bizmandu.com

नेपाल विद्युत प्राधिकरणको संचालक समितिमा भरत आचार्य नियुक्त, को-को छन् बोर्डमा ?

२०७९ पुष ७

नेपाल विद्युत प्राधिकरणको संचालक समितिमा भरत आचार्य नियुक्त, को-को छन् बोर्डमा ?
नेपाल विद्युत प्राधिकरणको संचालक समितिमा भरत आचार्य नियुक्त, को-को छन् बोर्डमा ?

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्यमा भरत आचार्य नियुक्त भएका छन्। सोमबारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रिस्तरीय निर्णयले उनलाई संचालक समिति सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

Tata
GBIME

उद्योगी आचार्य नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति हुन्।

उद्योग,वाणिज्य, वित्तीय क्षेत्रको प्रतिनिधित्व गर्ने विज्ञ बोर्ड संचालक हुने व्यवस्था छ। कात्तिकमा विश्व गौतमको कार्यकाल सकिएपछि रिक्त रहेको स्थानमा ल्याइएको हो।

प्राधिकरणको बोर्डमा ऊर्जा मन्त्री अध्यक्ष हुने व्यवस्था छ। बोर्डमा अहिले ऊर्जा सचिव दिनेश कुमार घिमिरे, राजश्व सचिव रामेश्वर दंगाल, राजेन्द्र बहादुर क्षेत्री (विद्युत क्षेत्रका विज्ञ), उपभोक्ताका तर्फबाट भक्तबहादुर पुन, कपिल आचार्य (विद्युत क्षेत्रका विज्ञ) सदस्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सदस्य सचिव रहेका छन्।