BIZMANDU
www.bizmandu.com

दिनभर घटेको टेलिकमको सेयर मूल्यमा अन्तिम ५ मिनेटमा उछाल, परिसूचकको लय नै मोडियो

२०७९ पुष ७

दिनभर घटेको टेलिकमको सेयर मूल्यमा अन्तिम ५ मिनेटमा उछाल, परिसूचकको लय नै मोडियो
दिनभर घटेको टेलिकमको सेयर मूल्यमा अन्तिम ५ मिनेटमा उछाल, परिसूचकको लय नै मोडियो


काठमाडौं। अन्तिम सत्रमा नेपाल टेलिकमको मूल्यमा एकाएक आएको उछालले सेयर बजारको गिरावटलाई रोकेको छ। कारोबार अवधिभर दोहोरो अंकले घटिरहेको बजार कारोबार बन्द हुँदा मात्र ०.०१ अंकले घटेको हो।

Tata
GBIME
NLIC

विशेषगरी सस्तोमा नेपाल टेलिकमको सेयर उठाउने दाउमा टाठाबाठाले सप्लाई प्रेसर बनाइराखेका थिए। र अपेक्षित मूल्यमा आए लगत्तै खरिद गरिरहेका थिए। यो श्रंखला कारोबार खुलेदेखि नै निरन्तर जारी रह्यो।

माग र आपूर्तिको अनुपात नमिल्दा टेलिकमको सेयरले प्रतिकित्ता ५७ रुपैयाँ गुमाइसकेको थियो। मूल्य ६.२२ प्रतिशत घटिसकेको थियो। तर कारोबार बन्द हुँदा कम्पनीको सेयर मूल्य झन्डै ४ प्रतिशत बढेको छ। अघिल्लो दिनको तुलनामा ३६ रुपैयाँले प्रति कित्ता बढेको हो।

तर टेलिकमको सेयर मूल्यमा उछाल आए लगत्तै परिसूचकको घट्दो लयमा पनि ब्रेक लागेको हो। १८५० सम्म ओर्लिसकेको परिसूचक निरन्तर सुधार हुँदै १८६७ को विन्दुमा उक्लिएर बन्द भयो। आज कारोबार पनि एक अर्ब कटेको छ।

दिनभर उतारचढाव जारी रहँदा कम्पनीको आज पनि शिर्ष कारोबार हुनेमध्ये परेको छ। कम्पनीको मात्र झन्डै १५ करोडको सेयर किनबेच भयो। अन्तिम ५ मिनेटमा २ करोड ३१ लाखको सेयर कारोबार भयो। जस लगत्तै सेयर मूल्यमा ९० रुपैयाँ उक्लिएको हो। 

आज कम्पनीले ४० प्रतिशत नगद दिने घोषणा पनि गरेको हो। लाभांश र एजिएम घोषणाभन्दा अघिल्लो दिन सेयर मूल्य डेढ प्रतिशत घटेको थियो।