BIZMANDU
www.bizmandu.com

कालिका पावरले अघिल्लो वर्षकै लाभांशलाई निरन्तरता दिने, १५% बोनस सेयर वितरणको प्रस्ताव

२०७९ पुष ७

कालिका पावरले अघिल्लो वर्षकै लाभांशलाई निरन्तरता दिने, १५% बोनस सेयर वितरणको प्रस्ताव
कालिका पावरले अघिल्लो वर्षकै लाभांशलाई निरन्तरता दिने, १५% बोनस सेयर वितरणको प्रस्ताव


काठमाडौं। कालिका पावर कम्पनी लिमिटेडले अघिल्लो वर्षकै लाभांश दरलाई निरन्तरता दिएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानिकर्तालाई कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

Tata
GBIME
NLIC

हाल कम्पनीको चुक्ता पुँजी ६९ करोड रहेको छ। कम्पनीले यसको १५ प्रतिशतले हुन आउने १० करोड ३५ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको हो। साथै बोनस सेयर बापतको कर प्रयोजनका लागि कम्पनीले लगानीकर्तालाई ५४ लाख ४७ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश कम्पनीको आउँदो वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ। सभा पुस २९ गते शुक्रबार बोलाइएको छ।

साधारण सभा तथा बुक क्लोज प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज मिति तोकेको छ। तसर्थ बुक क्लोज भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनुका साथै लाभांशको भागिदार बन्नेछन्।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा पनि लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर तथा ०.७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।