BIZMANDU
www.bizmandu.com

काठमाडौं सुपरमार्केटमा एससीटीको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइने

२०७९ पुष ७

काठमाडौं सुपरमार्केटमा एससीटीको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइने
काठमाडौं सुपरमार्केटमा एससीटीको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइने



काठमाडौं। विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) सँग सहकार्य गरि सबै सामान खरिदको भुक्तानीमा छुट दिने भएको छ।  

Tata
GBIME

अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम ३०० रुपैयाँसम्म) अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ। यो योजना पुस २० गतेसम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले ९ सय रुपैयाँसम्म छुट पाउने बताइएको छ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट पाउने कम्पनीले जनाएको छ।

अफरअन्तर्गत एक्सप्रेस सुपरमार्केटको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआइसी एशियाको मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने बताइएको छ।