BIZMANDU
www.bizmandu.com

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले शुक्रबार, सार्क राष्ट्रका स्टार्टअप सहभागी हुने

२०७९ पुष ७

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले शुक्रबार, सार्क राष्ट्रका स्टार्टअप सहभागी हुने
आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले शुक्रबार, सार्क राष्ट्रका स्टार्टअप सहभागी हुने


काठमाडौं। आइसिटी अवार्डको २०२२ को ग्राण्ड फिनाले पुस ८ गते शुक्रबार हुँदैछ। सातौं संस्करणको आइसिटी अवार्डमा १४ विधामा अवार्ड प्रदान गरिँदै छ। यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई सम्मान पनि गरिने आयोजकले जनाएको छ। यो वर्ष साउथ एसिया स्टार्टअप अवार्डको लागि भाग लिन विभिन्न दक्षिण एसियाली देशहरुबाट स्टार्टअपहरु नेपाल आएका छन्। 

Tata
GBIME
NLIC

यस वर्ष अवार्डका लागि ५५० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो भने ५ महिनासम्म छनोट प्रक्रिया सञ्चालन गरिएको आयोजकको भनाइ छ।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) प्रदान गरिने छ।

यस्तै, डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, पब्लिक च्वाइस आइसिटी अवार्ड र जुरी मेन्सन आइसिटी अवार्ड प्रदान गरिने बताइएको छ। 

५ महिना बढीको मेहनतपछि आइसिटी अवार्डको तयारी पूरा भएको आयोजक समितिका संयोजक राजन लम्सालले बताए। ‘अवार्डलाई हरेक कोणबाट सर्वोत्कृष्ट बनाउन प्रयास गरिरहेका छौं,’ लम्सालले भने, ‘अवार्डलाई पारदर्शी, निष्पक्ष बनाउन जुरी सदस्य, सल्लाहकार लगायत सबैले उत्तिकै मेहनत गर्नुभएको छ।’

अवार्डको लागि २५ भन्दा बढी जुरी मिटिङ सम्पन्न भएका छन् भने १५ जना विशिष्ट सल्लाहकारको समूह पनि छ।