BIZMANDU
www.bizmandu.com

नवनिर्वाचित सांसदहरुको शपथ आज : पशुपतिशमशेरले शपथ खुवाउने, अल्लोको झोला उपहार

२०७९ पुष ७

नवनिर्वाचित सांसदहरुको शपथ आज : पशुपतिशमशेरले शपथ खुवाउने, अल्लोको झोला उपहार
नवनिर्वाचित सांसदहरुको शपथ आज : पशुपतिशमशेरले शपथ खुवाउने, अल्लोको झोला उपहार


काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्दैछन्। संघीय संसद भवन नयाँ बानेश्वरमा सांसदहरुको शपथ ग्रहणको लागि तयारी अन्तिम चरणमा पुगेको छ।

Tata
GBIME

प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकबाट निर्वाचित ११० जना गरि १७५ जना सांसद छन्। आज जेष्ठ सदस्य पशुपतिशम्शेर राणाले प्रत्यक्षबाट १६५ जना र समानुपातिकबाट निर्वाचित १०९ जनालाई खुवाउनेछन्। 

राणाले भने बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेष्ठ सदस्यका रुपमा शपथ लिएका थिए। उनी राप्रपाको समानुपातिकबाट सांसदमा निर्वाचित भएका हुन्। कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा उनको इच्छा बमोजिम शपथको पत्र तयारी गरिएको छ।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई संघीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ। सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको हो।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।