BIZMANDU
www.bizmandu.com

सिभिल र हिमालयन बैंकले मर्जर एजेण्डा पारित गर्न डाके एजीएम, हिमालयन १०० बराबर सिभिल ८०.२८%

२०७९ पुष ७

काठमाडौं। हिमालयन बैंक र सिभिल बैंकले मर्जरको एजेण्डासहित बार्षिक साधारणसभा डाकेको छ। दुबै बैंकले पुस २८ गते बार्षिक साधारणसभा डाकेको छ।

Tata
GBIME

हिमालयन बैंकको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने गरी सेयर आदन प्रदान तय भएको छ। यो प्रस्ताव अनुमोदनका लागि पनि साधारणसभामा लगिँदैछ।

हिमालयन बैंकले गत बर्षको नाफाबाट ११.११ प्रतिशत  नगद लाभांशको प्रस्ताव लग्दैछ। बोनस सेयर ८ प्रतिशत दिने छ।

यता सिभिल बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि साधारणसभामा लैजाँदैछ।