BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता, कर्मचारीलाई बिशिष्टिकृत सेवा दिने

२०७९ पुष ६

काठमाडौं। मुक्तिनाथ विकास बैंकले गुरु ट्राभल्स लिमिटेलाई आधाकारिक ट्राभल्स पार्टनरका लागि समझदारी गरेको छ। 

Tata
GBIME
NLIC

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको उपस्थितिमा बैंकका सह नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ तथा गुरु ट्राभल्सका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा दुइटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो।

सहमतिबमोजिम गुरु ट्राभल्सले बैंक तथा यसका कर्मचारीहरूलाई अधिकारिक ट्राभल्स पार्टनरको रूपमा ट्राभल्स सेवामा विशिष्टीकृत सेवाका साथ विभिन्न छुट तथा सुविधाहरु उपलब्ध गराउने छ।