BIZMANDU
www.bizmandu.com

दुग्ध उत्पादक किसानलाई सहुलियतपूर्ण ऋण दिन ग्लोबल आइएमइ बैंकको राजधानी डेरीसँग साझेदारी

२०७९ पुष ६

दुग्ध उत्पादक किसानलाई सहुलियतपूर्ण ऋण दिन ग्लोबल आइएमइ बैंकको राजधानी डेरीसँग साझेदारी
दुग्ध उत्पादक किसानलाई सहुलियतपूर्ण ऋण दिन ग्लोबल आइएमइ बैंकको राजधानी डेरीसँग साझेदारी

काठमाडौं। ग्लोबल आइएमई बैंक र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

Tata
GBIME
NLIC

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार, ग्लोबल आइएमई बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरुलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ।

कृषि व्यवसाय गरिरहेका ग्रामिण क्षेत्रका कृषकहरुलाई उद्यमी बनाउन पूँजी लगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा बैंकको रहेको विज्ञप्तिमा उल्लेख छ। साथै, दुग्ध व्यवसायको माध्यमबाट कृषकहरुलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्ने बैंकले जनाएको छ।

बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ।