BIZMANDU
www.bizmandu.com

प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न सस्तो दरमा ऋण दिने, सबै शाखाबाट ऋण उपलब्ध हुने

२०७९ पुष ६

प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न सस्तो दरमा ऋण दिने, सबै शाखाबाट ऋण उपलब्ध हुने
प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न सस्तो दरमा ऋण दिने, सबै शाखाबाट ऋण उपलब्ध हुने

काठमाडौं। प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ।

Tata
GBIME

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र टाटा गाडLको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट महाप्रबन्धक सावन्तजंग सिजापतिले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार, सिप्रदी ट्रेडिङबाट ग्राहकले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन्।

बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने छ। सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।