BIZMANDU
www.bizmandu.com

दुई दिन बढेको बजारमा लाग्यो ब्रेक, आँधीखोलाको कारोबार खुलेपछि मूल्यमा देखियो उछाल

२०७९ पुष ६

काठमाडौं। बुधबार सेयर बजार बढ्ने क्रममा ब्रेक लागेको छ। सोमबार र मंगलबार करिब १८ अंकले बढेको बजार बुधबार घटेको हो।

Tata
GBIME
NLIC

विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश सार्वजनिक गरिरहेका छन्। लाभांश आउने समयमा सामान्यत: सेयर बजार हरियो हुन्छ भन्ने लगानीकर्ताको विश्लेषण हुन्छ। तर केही दिन बढेलगत्तै बजार पुन: घटेको हो। 

ब्याज दर  र तरलताका कारण सेयर बजार प्रभावित भइरहेको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। 

कारोबारको सुरुवातमा सामान्य बढेको बजार घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ बिन्दुमा झरेको छ।

वाणिज्य बैंकहरुबाहेक कारोबारमा आएका १२ उपसूचक घटेका छन्। कृषि विकास बैंक, नबिल बैंक, केहि दिनअघि लाभांश घोषणा गरेको सिभिल बैक लगायतका बैकहरुमा खरिदकर्ता बढ्दा यो उपसमुह बढेको हो।

दिनभरको कारोबार अवधिमा ८६ करोड ३८ लाख बराबरको मात्र सेयर खरिदबिक्री भएको छ। कारोबारका आधारमा आज एनआइसी एशिया अग्र स्थानमा छ।

बैंकको ११ करोड ८२ लाख बराबरको सेयर कारोबार भएको छ।  बैंकले गत आर्थिक वर्षको मुनाफाबाट पनि लगानीकर्तालाई प्रतिफल वितरण नगर्ने घोषणा गरेको छ। लाभांश वितरण नगर्ने भएपछि सेलिङ प्रेसर बढ्दा यस बैंकको कारोबार उच्च हुन पुगेको हो।

साथै आजपनि आँधिखोला लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सीवाइसी लघुवित्तसँग मर्जरको क्रममा रहेको यो लघुवित्तको मंगलबार मात्र कारोबार खुलेको हो। आज कम्पनीको सेयर मूल्य प्रति कित्ता १५० रुपैयाँसम्म बढेको हो।