BIZMANDU
www.bizmandu.com

कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सम्पन्न, मतगणना केही बेरमा सुरु हुँदै

२०७९ पुष ६

कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सम्पन्न, मतगणना केही बेरमा सुरु हुँदै
कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सम्पन्न, मतगणना केही बेरमा सुरु हुँदै


काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सम्पन्न भएको छ। सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा मतदान सम्पन्न भएको हो।

Tata
GBIME

दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्।

मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित ८९ जना सांसदहरुले आज मतदान गरेका हुन्। सिंहदरबारमा भौतिक रुपमा ने उपस्थित भएर ८८ जनाले मतदान गरेका थिए।

समानुपातिकतर्फबाट निर्वाचित भएकी भोजपुरकी माया राईले भने अस्पतालबाट मतदान गरेकी छिन्। सुत्केरी रहेकी राईले चाबहिलमा रहेकोझ ओम अस्पतालबाट मतदान गरेपछि मतदान प्रक्रिया सकिएको हो। राई संस्थापन पक्षबाट सांसद भएकी हुन्।

मतदान सकिएपछि अब केहीबेरमा नै मतगणना गर्ने तयारी छ। मतदानबाट निर्वाचित कांग्रेसको संसदीय दलको नेताको नाम आजै घोषणा हुनेछ।