काठमाडौं। मेरो माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने भएको छ। पोहोर लघुवित्तले २१.०५३ प्रतिशत वितरण गरेको थियो।
सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर दिन प्रस्ताव गरेको छ। बाँकी १० प्रतिशत कर प्रयोजनसहित नगद लाभांश हो।
लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको छ।
अहिले लघुवित्तले चुक्ता पुँजी एक अर्ब २० करोड रुपैयाँ छ। बोनस सेयर वितरण पछि चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ।
लाभांश राष्ट्र बैंक र कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।